नयाँ पार्टी गठन गर्ने माधव नेपालको निर्णयमा साथ नदिएका स्थायी कमिटी सदस्यहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल दुवैले आफ्ना निर्णयलाई सच्याउनुपर्ने निष्कर्ष निकालेका छन्।
माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने निष्कर्र्ष निकालेको एमाले सचिव गोकर्ण विष्टले बताए।
उनले १० बुँदे सहमतिलाई अक्षरस पालना गरेर अघि बढ्न अपिल गर्ने निर्णय भएको समेत बताए।
बैठकमा एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई भीम रावल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरा सहभागी थिए।