ओलीले गल्ती स्वीकार गरे पार्टी एकता हुन्छ: नेकपा नेता माधवकुमार नेपाल

753

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने अवस्थामा आफूहरू पुगेको बताएका छन्।

‘पार्टी पुनर्गठन गर्ने अवस्थामा पुगेका छौं। क्रान्तिकारी पार्टी बनाइने हो। यो जनताको प्यारो शक्ति हुनेछ,’ नेता नेपालले भने, ‘अहिले अरू पार्टीसँग सहकार्य गर्ने सम्भावना छैन। तर हामी वामपन्थी शक्तिहरूलाई समेटेर जान्छौं।’

उनले पार्टी र आन्दोलनप्रति नयाँ उत्साह देखिएको पनि बताएका छन्। अध्यक्ष ओली दक्षिणपन्थी अवसरवादी भएको आरोप उनको थियो।

ओलीमा व्यक्तिवाद हाबी भएको र सामूहिकवाद हराएर गएको उनले बताए।

‘उहाँमा चरम व्यक्तिवादी प्रवृत्तिको नांगो उदाहरण देखिएको छ,’ उनले भने, ‘पार्टी केपीको प्राइभेट कम्पनी बन्ने स्थितिमा पुगेपछि हामीले समानान्तर गतिविधि अगाडि बढाएका हौं।’

ओलीले पार्टी एकताका नाममा विभिन्न जाल फालेको पनि उनले बताए।

‘उहाँले झुक्याउने काम मात्रै गर्नुभयो। वचनमा कहिल्यै पनि इमान्दार हुनुभएन। सहमति पालना गर्नुभएन,’ उनले भने, ‘उपयोग गर्ने र षड्यन्त्र गर्ने गर्नुभयो।’

ओलीले पार्टीभित्रको एउटा शक्तिलाई सखाप पारेको र महन्थ ठाकुर पक्षलाई साथ दिएको पनि उनले आलोचना गरेका थिए।

उनले आफूहरूमाथि अन्याय भएकाले विद्रोह गर्ने पनि बताए।

ओलीले आजै केन्द्रीय समिति २०३ बाट २६० सदस्यीय बनाएको र आफूहरूलाई कारबाही गरेको पनि उनको भनाइ थियो।

आफूले आजै केन्द्रीय समिति भेला गरेर पार्टी एकताका पक्षमा अन्तिमसम्म लाग्ने बताएको पनि नेपालले बताए।

Previous articleसरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने
Next articleतटस्थ बसेका नेकपा एमालेका स्थायी कमिटी सदस्यहरुको निष्कर्ष-दुवै पक्षले आफ्ना निर्णय सच्याउनुपर्छ

Leave a Reply