अझै केही दिन काठमाडौंको फोहोर महानगरपालिकाले नउठाउने!

1445

महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ। ल्यान्डफिल्ड साइटको सडक बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्थामा छ।

केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ।काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ।

‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ।

सडक मर्मत गरेपछि फोहोर लिन घरदैलोमा आउनेसमेत महानगरले बताएको छ।एस्तो सूचना जारी गरेको छ|

 

 

 

 

 

Leave a Reply