बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आफ्ताव आलम थुनामा छन् । सो आदेश बिरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।
थुनाबाट छुट्न पाउनुपर्ने माग सहित काँग्रेसका पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रवार सुनुवाई भएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।
आलमलाई रौतहटमा बम विस्फोट गरि घाइतेहरुको ज्यान लिएको आरोपमा गिरफ्तार गरिएको थियो।