नयाँ सरकार बनाउन आज ३ बजेको समयअबधी लुम्बिनी प्रदेशमा

427

शंकर पोखरेल अल्पमतमा परेपछि बुधबार राजीनामा दिएका थिए। उनीविरूद्ध विपक्षी गठबन्धनका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यो प्रस्ताव छलफलका लागि प्रदेश सभामा पेश समेत भइसकेको थियो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार बनाउन दिएको समय बिहीबार अपरान्ह ३ बजे सकिँदैछ।

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर बुधबार राजीनामा बुझाएका थिए।

पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि समय दिएका छन्।

लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। उक्त गठबन्धनबाट माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव थियो। केसी मुख्यमन्त्री हुने गरी आज दाबी पेश गर्न लागिएको छ।

Leave a Reply