अनेरास्ववियु जिल्ला कमिटी धनकुटा द्वारा महाकाली घट्ना प्रति प्रेस विज्ञप्ति जारी |

704

अनेरास्ववियु जिल्ला कमिटी धनकुटाले एक प्रेस विज्ञप्ति जारी गर्दै दार्चुला जिल्लाकाे व्यासमा नेपाल भारत सिमा महाकाली नदीमा रहेको तुईन तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसबी ले तुइनकाे तार काटिदिदा महाकाली नदीमा खसेर बेपत्ता भएका नेपाली नागरिक जयसिहं धामीकाे घटनामा संलग्न भारतीय पछलाई तत्काल कारवाही गरि क्षतिपूर्ति भराउन माग राख्दै ध्यानाकर्षण गराएको छ ।

भारतीय सीमा सुरक्षा बलबाट भएको उत्त अमानवीय निर्दयी , अपराधीक एवम् हेपाहा प्रवृत्तिकाे गतिविधि तथा कार्यप्रति अनेरास्ववियु जिल्ला कमिटी धनकुटा घाेर भत्सर्ना गर्दछ अनेरास्ववियु जिल्ला कमिटी धनकुटाका संयाेजक बसन्त राई द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply