स्मार्ट लकडाउनको तयारीमा सरकार |

373

कोराना संक्रमण दर बढे संगै सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो।

‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट पारे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अहिलेसम्म हुँदै आएका लकडाउन जिल्ला प्रशासन कार्यालय मार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउन मा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउन को अवधारणा अनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ,
लक् डाउन खुला हुँदै जाने प्राबधान छ |

Leave a Reply