बिजय शाही भेटिए आफ्नै घरमा

784
मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गर्दा, उनी कालिकोटमा भेटिएका छन् |  काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेको  बताए । उनले भने, ‘उहाँले आफू विरामी भएको बताउनु भएको छ ।
शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ । आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।
उनको मृत्युको अफवाह  सामाजिक संजालमा फैलिए पछि अब प्रहरीले अनुसन्धान गर्ने भएको छन |

Leave a Reply