आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय तथा प्रधानमन्त्री देउवाको सिफारिसमा विद्या देवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । भण्डारीले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । यस अघि गण्डकी प्रदेशको प्रदेश प्रमुख रहिसकेका अमिक सेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख बनाइएको छ |
सीता पौडेललाई हटाएर पृथ्वीमान गुरूङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुख बनाएको हो।नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख बनेका नेता शेरचन नेकपा माओवादी केन्द्रका सल्लाहकार थिए। गुरूङ नेपाली कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति भएका थिए।एमाले र माओवादी केन्द्रको एकतापछि प्रदेश प्रमुख बनेका शेरचनलाई नेकपा विघटन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशको प्रमुखबाट हटाएर विश्वासपात्र पौडेललाई मुख्यमन्त्री बनाएका थिए।