उपेन्द्र यादव पक्षले पायो जसपको आधिकारिकता

550

निर्बाचन आयोगले  उपेन्द्र यादव पक्षलाई आधिकारिकता  दिएको छ | यादव पक्षको कार्यकारिणी समितिमा बहुमत सदस्य  भयकाले आयोगले उनैलाई  आधिकारिकता दिएको हो|प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ दुबैले आधिकारिकता दाबी गरेकामा अब यादवले गरेको निर्णय आधिकारिक हुने बताउनु भयो|

जसपा निकट कानुन व्यवसायी दिपक राईले सोमबारको फैसलाले अब महन्थ ठाकुर अध्यक्ष नरहेको स्पष्ट पारेको बताए।डिल्ली बजार कारागारमा रहेका रेशम चौधरी कडा सुरक्षाबीच आयोगमा उपस्थित गराएकोमा उनि कसैको  पक्षमा रहेनन्|

पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए। यो संगै यादव पक्षले आधिकारिकता  रुपमा बलियो भएको छ|

ncell in

Leave a Reply