संसदीय समितिमा माधवले भने–प्रतिगमनको मतियार राजीनामा दिएर बाहिर निस्कनुस्

740

आइतबार बिहान ११ बजे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । यो दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि समितिको पहिलो बैठक थियो । बैठकमा त्यस्तो महत्त्वपूर्ण एजेन्डा पनि थिएन ।ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भयो|

नेपालले सुरूआतमा प्रतिनिधि सभा पुन: स्थापना भएकोमा खुसी व्यक्त गरे। उनले संसद ब्युताउन संघर्ष गर्नु परेको तर्क गरे।

‘जो आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा गएर सुतिरहेका थिए’, रानाले भने, ‘तिनैले अहिले संसद भनेर कराउनुको औचित्य छैन। संसद विघटन राजनीतिक निर्णय हो। त्यस निर्णयमा पुर्‍याउनेहरू दोषी हुन्।’

उनले प्रतिनिधि सभा विघटन हुनुको जिम्मा वरिष्ठ नेता नेपालले पनि लिनु पर्ने बताए।

माधव नेपाललाई कटाक्ष गरेपछि दीपकप्रकाश भट्ट बीचैमा बोले। उनले ठूलो स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजे।

‘के कुरा गरेको प्रतिगमनको मतियार बाहिर जानुहोस्’, भट्टले भने।त्यसपछि माधव नेपाल पनि बोले।

‘प्रतिगमनका मतियार राजीनामा दिएर संसदबाट बाहिर जानुहोस्’, नेता नेपालले भने।उनले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार नभएको बताए।

Leave a Reply