शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै नेपालले ओलीले दिएको आममाफीलाई खण्डन गरेकाछन| उनले केपि ओलीलाई श्री ५ महाराजधिराजको संज्ञासमेत दियका छन|
नेता नेपालल भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौँ ।’
सत्ताबाट बहिर्गमन भए पनि अध्यक्ष ओलीको व्यवहारमा परिवर्तन नभएको पनि नेता नेपालले भनेका छन् । उनले भने, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन कि भन्या छ भोलि सुध्रिन्छन कि भन्या छ । केही नबोलेर हिजो मीठो–मीठो शब्द पनि मैले बोलेँ पुष्पलाको कार्यक्रममा । ख्याल गरेर बोलेको छु ।