सुजिता भण्डारी मृत्यु प्रकरणमा अर्को मोड उनकै ठुलो बुबाका छोरा काठमाडौँबाट पक्राउ!

728

 

२३ बर्षिया सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले १ जनालाई काठमाडौंबाट पक्राउ गरेका छन| ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो ।

भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो ।

झापा घर भएका सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी रहेको र सोही विषयमा विवाद भएको भएको प्रहरीले जनाएको छ । अब यो घटनाले कुन मोड लिने त्यो त प्रहरी अनुसन्धानबाट  पत्तो लाग्छ|

Leave a Reply