पठाओ चालक माथि भौतिक आक्रमण!

460

काठमाडौं, आज भएको सार्वजनिक यातायात संगठनहरु तथा नेपाल मिटर ट्याक्सी व्यवसायीहरुको सयुक्त आन्दोलनको क्रममा पठाओ चालक लाई कुटपिट गरेको छ| यातायात व्यवसायीहरुले ७ बुँदे माग राखी गरेको हड्तालका क्रममा तीनजना चालक कुटिएका हुन् |

ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालक माथि कुटपिट भएको खबर पाएको पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले जानकारी दिइन् । चालक माथि भएको दुर्ब्यबहार बारे सत्यतथ्य पत्ता लगाई दोषि माथि कारबाही गर्ने बताउनु भयो |

नेपाल यातायात व्यवसायीहरुको माग सम्बोधन गर्न कुनै पनि सम्बन्धित निकायले अहिले सम्म चासो देखाएका छैन|

Leave a Reply