मादव नेपाल बिरुद्ध कुनै पनि बिरोध तथा धम्की नगर्न माग

684

माधब नेपाल बिरुद्ध भइरेको बिरोध तथा धम्की तत्काल रोक्न नेपाल पछले माग गरेको छ|नेपाल पक्षको आज बुधवार बसेकाे स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक कारबाहीको धम्की दिने, चर्का नाराबाजी गर्ने, पुतला दहन गर्ने लगायतका गैर राजनीतिक क्रियाकलाप आपत्तिजनक भएको निष्कर्ष निकालेको छ ।

नेपाल पक्षको  बुधबार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताको प्रयास भइरहेको बेलामा एस्तो क्रियाकलाप गर्नादिनु पार्टी नियम बिपरित रहेको र  चर्का नाराबाजी गर्ने, पुतला दहन गर्ने लगायतका गैर राजनीतिक क्रियाकलाप आपत्तिजनक भएको निष्कर्ष निकालेको छ । अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

पार्टी एकताका लागि दुवै पक्षका नेताहरूले बनाएको १० बुँदे प्रस्तावलाई ओली पक्षको केन्द्रीय कमिटीले समेत अनुमोदन गरिसकेको अवस्थामा फेरि स्पष्टीकरण सोध्नु र कारबाहीको धम्की दिनु एकता भङ्ग गर्ने मनसाय भएको जनाए|

 

Leave a Reply