सरिता गिरीद्वारा चुनाब लडने घोषणा!

553

 

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफनो फेसबुक स्टाटस लेख्दै भनेकीछिन म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु।

गिरीले लहान नगरपालिकाका जनता मेयर मुनी साहको अधिनायकबादी चरित्रबाट पिडितरहेको भन्दै जानकारी दिएकिछिन| उनले अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्नेछु भन्दै आफनो फेसबुकमा लेखेकीछिन। आफुलाई सहयोग गर्नको लागि सबैलाई अपिल गरेकीछिन|

तत्कालीन समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी गिरीलाई नयाँ नक्सालाई निशान छापमा समावेश गर्ने गरी गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्ने क्रममा पार्टीको ह्वीप मानेकी थिइनन् । ह्वीप नमानेपछि पार्टीको निर्णय अनुसार २५ असार २०७७ मा संघीय संसद सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको थियो । गिरीलाई पार्टीको सदस्यबाट समेत हटाइएको थियो ।

Leave a Reply