ओलीले २०७४ सालमा डोटी-१ बाट निर्बाचित भएका आलेलाई पहिलो पटक प्रतिनिधि सभा बिघटन भएपछि वातावरण मन्त्रि बनाएका थिए | वनमन्त्री हुदा आले आफ्नो उल्टोपाल्टो भाषनले गर्दा निक्कै चर्चामा आएका थिए |
उनी आफ्नो त्येही हास्यात्मक भाषनका लागि सामाजिक संजालमा उनले खुब चर्चा कमाएका थिए |
उनको अर्को चर्चामा आउने हर्कत चाही कोरोना महामारीको बेला आक्सिजन सिलिन्डरमा आफ्नो तस्बिर टासेर डोटी र धनगडीका अस्पतालमा वितरण गरेका थिए |
येसरी चर्चामा आएका आलेलाई ओलीले दोस्रो पटक प्रतिनिधि सभा बिघटन भएपछि हटाईदिए |
प्रतिनिधि सभा बैठक बस्नुअघि बसेको एमालेको स्थायी कमिटी बैठक (माधव नेपाल पक्ष अनुपस्थित)ले प्रधानमन्त्री देउवाका विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। ओलीको अध्यक्षतामा बसेको बैठकपछि संवाददातासँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले देउवाका पक्षमा मत दिनेहरू एमालेमा नरहने बताएका थिए तर आले सहित ओली पक्षका अरू ८ सांसदले पनि देउवालाई विश्वासको मत दिए।
तपाईंले किन ओलीको साथ छोड्नु भयो ?
आलेको जवाफ : ‘म अहिले यसबारेमा केही बोल्दिनँ। दुई-चार दिनपछि भन्छु,’
आलेले नस्विकारेता पनि, स्रोतहरूका अनुसार नेपालसहितका एमाले सांसदहरूको समर्थनमा देउवा प्रधानमन्त्री बनेपछि आले उनलाई भेट्न बुढानिलकण्ठ नै पुगेका थिए।
उनले ओलीको साथ छोड्नको अर्को कारण एमाले उपाध्यक्ष भीम रावल पनि हुन्। २०७४ को चुनावमा रावलले उनलाई टिकट दिन आनाकानी गरेपछि आलेले ओली निवास बालकोटमा गएर टिकट सुनिश्चित गरेका थिए।