पाख्रिबासमा युवा संघद्वारा अदालतको फैसलाले लोकतन्त्रको संसदिय व्यवस्थाको धज्जी उडाएको भन्दै बिरोध प्रद्धर्शन

658

धनकुटा | संसद पूनरस्र्थापना अदालतको फैसला गलत भएको भन्दै धनकुटा यूवा संघ नेपाल धनकुटाले बिरोध गरेकाछन् ् । केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बल्दिप राईले पाख्रीबासमा आयोजित यूवा संघको विरोध कार्यक्रममा बोल्दै नेकपा एमाले र राष्ट्रिय यूवा संघ नेपाल सधै भरी नेपाली जनताको पक्षमा परिवर्तनको पक्षमा न्याय र समानताका निम्ती सान्ति पूर्ण ढंगले लडाई जारी राख्ने भन्दै मुलुकमा केपीवली नेतृत्वको सरकारले मात्र नेपाली जनताले देखेको सपनालाई पुरा गर्ने ठोकुवा गर्नुभयो ।

आउने दिनको भाग्य र भविष्यको ताजा जनादेश निर्वाचन मार्फत एमाले पार्टीले तेस्को जवाफ दिने पनि प्रतिवद्धता जाहेर गरेका थिए । देश र जनताको निम्ती अदालतले गरेको निर्णय मान्य नहुने भन्दै निर्णय विरुद्ध युवा संघले कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् । साथै उनले देशको प्रधानमन्त्री वा सरकार कस्को नेतृत्वमा बन्छ भन्ने मुख्य कुरा होईन , संसदको बहुमत लोक्तान्त्रीक विधिबाट ५ वर्षका लागि भनेर बनाइएको स्थिर सरकारलाई अपदस्त गरी बन्ने सरकारले यो देशको समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आकाङक्षा बोकेर अगाढि बढेको सरकार ,बलियो राष्ट्रिय एकता सान्ति शुसासन अब कायम हुन्छकी हुदैन जनताले लडेर ल्याएको परिवर्तन र व्यवस्था संबिधानको रक्षा हुन्छकी हुदैन भन्दै चिन्ता व्यक्त गरेका थिए ।

साथ साथै पाख्रिबास नगरपालिकामा गत असार १० गते निती कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने समयमा केहि अराजक समुहले घटाइएको घट्नाको सन्दर्भमा जे भयो गलत भयो गलत गर्ने समुहलाई कानुनी राज्यको मान्यतालाई स्थायी गर्नको निम्ती र अराज गतिबिधिमा संलग्न फरार रहेका व्यक्तिहरुmलाई अबिलम्ब पक्राउ गरी कारवाही अगाडि बढाउन राष्ट्रिय यूवासंघले सम्बन्धित निकायलाई अनुरोध गरेकाछन् ।

वडा नं ४का वडा अध्यक्ष सोवित निरौलालाई कानुनि कठघरामा उभिनु पनि कानुन सम्वत रहेको र रिहा हुनुमा पनि कानुन सम्वत रहेकाले यस्मा हाम्रो संगठनको कुनै आपत्ति नरहेको साथै अध्यक्षमा निर्वाचित भएकाले जनताको जनादेशलाई सम्मान गर्दै नेकपा एमालेमा रहि विपक्षहरुको उक्साहाटमा नलागि काम गर्न आव्हान गरेको छ । पाख्रिबास नगर युवा संगठन नेपालले बहुमतले बनाएको निर्वाचित सरकार वा प्रधानमन्त्रीलाइ अपध्वस्त गरी गठबन्धनगरी अदालातमा उजुरी हालेकै भरमा कसैलाई प्रधानमन्त्रि बनाउन भनी नामै इकित गरी लोकतन्त्रको संसदिय व्यवस्थाको धज्जी उडाएको भन्दै बिरोध प्रद्धर्शन गरेका थिए ।

Leave a Reply