जनमत संग्रहमा जाऔं : विप्लव

काठमाडौँ,जेठ ८ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अब जनमत संग्रहमा जानका लागि सबैलाई आग्रह गरेका छन् । शनिबार विज्ञप्तिमार्फत् संसद् विघटन र मध्यावधि चुनावबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय व्यवस्था सफल नभएकाले वैज्ञानिक समाजवादले मात्र निकास दिन सक्ने बताए ।‘जनमत संग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट पार्छौं,’ विज्ञप्तिमा लेखिएको छ । 

This image has an empty alt attribute; its file name is 187182100_275371687664852_918326.png

अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको उनको ठहर छ । त्यसकारण चुनावमा जानु झन् ठूलो संकट निम्तनु उनको तर्क छ ।‘यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्नु हो,’ विप्लवले भनेका छन् ।