रुकमांगत कटुवाल गृहमन्त्री बन्ने चर्चा

1266

प्रधानमन्त्री केपी शर्मा ओलीले रुकमांगत कटुवाललाई गृहमन्त्री बनाउन चाहेको चर्चा चुलिएको छ ।कटुवाल प्रकरणका कारण प्रचण्डको पहिलो कार्यकाल सकिएको थियो । प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाल परिवर्तन गर्ने दुस्साहस गरेका थिए ।

पशुपतिनाथको भट्ट पुजारी फेर्ने र कटुवाललाई परिवर्तन गर्ने विषय चर्किंदै जाँदा सत्ता साझेदार दल एमालेले साथ छोडेपछि २८० दिन सत्ताको स्वाद चाखेर २०६६ जेठ ११ गते प्रचण्डले प्रधानमन्त्रीबाट हात धुनु परेको थियो l तत्कालिन सेनापती कटुवाललाई आफ्नो कार्यकाल थप्ने कटुवालको तीव्र इक्षा तत्कालीन प्रधानमंत्री माधब नेपालका कारण तुहिएको थियो ।

माधब नेपाललाई आफूले प्रधानमन्त्री बनाएको खुलेयाम गफ दिन थालेपछि नेपाल कटुवालसँग चिडिएका थिए । कटुवाललाई गृहमन्त्री बनाएर प्रचण्ड विरोधी र राजाबादीको मन जित्न सकिने ओलीको बुझाई छ ।

Previous articleविपक्षीसँग ङिच्च दाँत देखाएर एमालेको वरिष्ठ नेता भन्दै हिँड्ने ?:प्रधानमन्त्री ओली
Next articleराष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

Leave a Reply