तिमी कोठाभित्र नहुँदा
त्यो झ्यालको पर्दा पनि
फिक्का लाग्दो रहेछ
त्यो झ्यालको पर्दाको महत्त्व
तिमी कोठामा हुँदामात्र हुनेरहेछ ।
तिमी ढोका भित्र हुँदा
ढोका बाहिरका चप्पलको पनि मुल्य हुँदोरहेछ
तिमी ढोका भित्र नहुँदा
ति मुल्यवान चाँदीको दराजमा सजाएका
लाखौ रुपिया तोला सुनको पनि मुल्य नहुँदोरहेछ ।
जब तिम्रो कोठाको भेन्टिलेशनबाट निस्किने
त्यो लालीपाउडरको वासना
महाकालीको बाँधमा ठोक्किन्छ
मेरो गाँउमा पश्चिमी वायु चल्छ
अनि मात्र म निदाउन सक्छु
तिम्रो सपनाको सुन्दर मेरो कोठामा ।
इतिहास साक्षी राखेर भन्छु
तिम्रो कोठा यो देश जस्तो रहेछ
तिमी भित्र हुँदा चारै दिशा उग्रे जस्तो
तिमी भित्र नहुँदा पुरा नेपाल बन्द जस्तो ।
ध्रुव पौडेल
पाख्रिवास – ४ धनकुटा