अटेर गरी समूहमा भीड गर्ने, विभिन्न बहाना बनाई घरबाहिर निस्किनेमाथि प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जिल्लाभरि निषेधाज्ञाको पालना नगर्ने ३ सय ७१ जनालाई कारबाहीस्वरूप सडकमै दुई घण्टा उभ्याएर सम्झाइबुझाइ गरी छाडेको बताए ।
यसै गरी १ सय ७२ वटा मोटरसाइकल, १ सय ४५ साइकल र ६५ चारपांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको उनले जनाए । प्रशासनले मंगलबारदेखि जिल्लामा थप १२ दिन निषेधाज्ञा जारी गरेको छ ।