माथिल्लो तामाकोसीको सुरुङमा पानी छाडियो |

591

एक औपचारिक कार्यक्रम आयोजना गरी संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरे। पानी सुरुङमा खसालिएसँगै हप्ता–दश दिनमा सुरुङ भरिनेछ। सुरुङ भरिएपछि ‘वैशाखभित्रै एक युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ। एक युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ।

केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने मन्त्री गुरुङले जानकारी दिए। 

पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ। अर्थात् जेठ महिनामै माथिल्लो तामाकोसीबाट डेढ सय मेगावाट बिजुली उत्पादन हुनेछ।

उत्पादनको केही दिनपछि बन्द गरी उपकरणहरूको परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि भने नियमित रूपमा व्यावसायिक उत्पादन हुनेछ।  सबै युनिट जडान गरेर तीन महिनाभित्र आयोजनालाई पूर्ण क्षमता चलाउने योजना रहेको न्यौपानेले बताए।

Leave a Reply