दुइ वटा बस एकापसमा ठाेक्किएर दुर्घटना हुँदा ७ जना घाइते |

713

धनकुटाकाे रुद्रवारीमा आज दिउँसाे दुइ वटा बस एकापसमा ठाेक्किएर दुर्घटना भएकाे छ । दूर्घटनामा परि घाईते भएका ७ जना लाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।

धरानबाट धनकुटा तर्फ आउदै गरेकाे काे १ ख ७७७८ नं बस र धनकुटाबाट धरान तर्फ जाँदै गरेकाे काे १ ख ४६१० नं काे बस एकापसमा ठाेक्किएर दूर्घटना भएकाे हाे ।

बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ । घाईतेहरुकाे अहिले जिल्ला अस्पताल धनकुटामा उपचारत रहेका छन् । उनिहरूकाे अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख गाेविन्द अधिकारीले जानकारी दिनुभयाे ।

Leave a Reply