ग्रिजमनको २ गोलमा बार्सिलोनाको जित

581

स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनालाई जित दिलाउनको लागि एन्टोइन ग्रिजमनले दुवै गोल गरे । खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले महत्वपूर्ण तीन अंक जाेड्न सफल भयाे ।२६ औं मिनेटमा भिल्लारियलले अग्रता बनाएको थियो । तर त्यो अग्रता लामो समय टिकेन । त्यसको दुई मिनेटपछि नै अक्सकार मिन्गुइजाको पासमा ग्रिजमनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

३५ औं मिनेटमा ग्रिजमनले अर्को गोल गर्दै टोलीको जितको आधार तयार पारेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंकमा बराबरी गरेको छ । दुवै टोलीको समान ७१ अंक छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको भन्दा रियल र बार्सिलोनाको २ अंक कम छ । एट्लेटिको र रियल भन्दा बार्सिलोनाले एक खेल कम खेलेको छ । ४९ अंकका साथ भिल्ला रियल सातौं स्थानमा छ ।

Previous articleमहामारीसँग जुध्‍न भारतलाई सहयोग गर्न पाकिस्तान तयार
Next articleतीन साता लकडाउन गर्न सिफारिस

Leave a Reply