प्रधानमन्त्री द्वारा सीमानामा कडाइ गर्न निर्देशन | आदेश पालना नभएकोमा असन्तुष्ट |

996

कोरोना महामारीको जोखिम बढेपछि बैशाख ६ गते मन्त्रिपरिषदले जारी गरेको आदेश अहिलेसम्म पालना नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । आदेश कडाइ पूर्वक पालना गर्न/गराउन प्रधानमन्त्रीले शनिबार मातहतका निकायहरूलाई निर्देशनसमेत दिएका छन् । सरकारले बैशाख ६ गते जारी गरेको आदेशमा सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, २५ जना भन्दा बढी मानिसहरुको जमघट नगर्न, सार्वजनिक सवारी साधनमा स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गर्न लगायतका आदेश जारी गरेको थियो ।

सरकारी आदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ, तर त्यसको पालना कोही कसैबाट पनि भएको छैन । आदेश पालना नभएपछि प्रधानमन्त्री ओलीले यसको कडाइ पूर्वक पालना गराउन शनिबार निर्देशन दिएका हुन् ।

शनिबार अपरान्ह बालुवाटारमा आयोजित कोरोनाको जोखिमसम्बन्धी ब्रिफिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरुबाट रिपोर्टिङ सुनिसकेपछि  स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न निर्देशन दिएको एक मन्त्रीले बताए ।

‘स्वास्थ्य मापदण्डको पालनासम्बन्धी सरकारको आदेश कार्यान्यवन हुनुप-यो, परीक्षण कम भएको गुनासो आइरहेको छ, त्यसलाई बढाउनुप¥यो, भेन्टिलेटर कम छन् भने थप्नुप-यो, दातासँग मागेर हुन्छ कि, किनेर हुन्छ, तुरुन्त थप्नुप-यो,’ बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।

त्यसैगरी प्रधानमन्त्री ओलीले सीमानामा पनि कडाइ गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले बतायो । सीमानामा नागरिकहरुलाई स्वदेश आउनबाट तत्काल रोक्न नमिले पनि निश्चित समय दिएर कडाइ गर्नैपर्ने प्रधानमन्त्रीले बताएका थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार विदेशी मुलुकसँग कूटनीतिक पहल गरेर विदेशीहरुको आगमन रोक्ने वा के गर्ने भन्ने विषयमा ठोस प्रस्ताव तयार पार्नसमेत प्रधानमन्त्रीले सीसीएमसीलाई निर्देशन दिएका छन् ।

त्यसो त सरकारको आदेश उल्लंघन गर्ने कार्य स्वयं प्रधानमन्त्री ओलीबाटै भइरहेको छ । बालुवाटारमा सीता, राम र हनुमानको मूर्तिपूजा, बालुवाटारमै २५ जनाभन्दा बढीको बैठक, धरहराको उदघाटन जस्ता भीडभाडयुक्त कार्यक्रममा प्रधानमन्त्रीकै उपस्थिति देखिएको छ । उता चितवनको माडीमा हजारौंको सहभागितामा आयोजित धार्मिक कार्यक्रममा मन्त्रीहरु नै सहभागी भएका थिए । -रातो पाटि

Previous articleचिनियाँ खोप ‘भेरोसेल’ काठमाडौंका यी सात ठाउँबाट लगाइने
Next articleपूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

Leave a Reply