खोप लगाउने ठाउमा सरकारी मापदण्डको उल्लङ्घन |

895

ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भिड लागेको छ ।एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको हो ।साथै अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सकिएपनि अल्का अस्पतालमा बिहिबारसम्म खोप अभियान सञ्चालन भएको छ । यो खोप १८ वर्ष पुगेका र ५९ वर्ष ननाघेका नागरिकहरूलाई दिइएको छ ।

यसअघि चीनमा अध्यनरत विद्यार्थी र व्यावसायीलाई दिइएको थियो । सर्वसाधारणले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अल्का अस्पतालमा गएर लगाउन सक्नेछन् । यसको दोस्रो डोजको पालो १२ हप्तापछि आउनेछ । यसरी खोप लगाउने हरुको भिडले खोरोना झन् फैलाने देखिन्छ भने सरकारी मापदण्ड पालना मा नभएको देखिन्छ |

Leave a Reply