एमसीसी पारित गरेरै छोड्छु : डा. युवराज खतिवडा

1196

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसी पारित गर्न भूमिका खेल्ने बताएका छन्। बिहिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा खतिवडाले यस्तो बताएका हुन्। 

नेपाल र अमेरिका सरकारबीच एमसीसी सम्झौतालाई लिएर सोधिएका प्रश्नको जवाफमा खतिवडाले उक्त सम्झौता पारित गर्न सहजीकरण गर्ने बताएका हुन्। 
अर्थमन्त्री हुँदा आफूले उक्त सम्झौता पारित गराउन भूमिका खेलेको तर अबका दिनमा भूमिका फेरिएकाले सोहीअनुसार काम गर्ने उनले बताए ।

प्रश्नको जवाफ दिंदै खतिवडाले भने, ‘अहिले मेरो भूमिका परिवर्तन भएको छ । एसमीसीलाई पारित गराउनका लागि अर्थमन्त्रीका रूपमा यसो गरौं र उसो गरौं भन्ने हुन्थ्यो । अब परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ त्यो काम गर्ने हो ।’आफ्नो कार्यकालमा दुइ देशको सम्बन्ध अझ बलियो बनाउन आफुले प्रभावकारी भूमिका खेल्ने उनको भनाई थियो। खतिवडाले नेपालमा अमेरिकी लगानी भित्र्याउन पहल गर्ने बताए। 

Previous articleवामदेव मन्त्री बन्ने पक्का, सर्वोच्चले दियो यस्तो आदेश !
Next articleपूर्वराजा ज्ञानेन्द्र शाहको दिपावलीको शुभकामना, “देशका शासकहरूले शान्ति, सुव्यवस्था सहित नागरिकको सेवा गर्न सकून”

Leave a Reply