
नेपालीहरु रोजगारका लागि बिदेशिने प्रक्रिया पहिला देखीनै शुरुवात भएको हो यसरी पहिला गोर्खा भर्ति हुँदै आज सम्म आईपुग्दा वैदेशिक रोजगारमा जाने सामान्य मान्छेको सख्या जन धेरैअधिक भयो।यसमा पनि पछील्लो समयमा मध्यबर्गीय र निम्न बर्गीय परिवारका नेपाली युवा युवतीहरु एसियाका मध्यपुर्वका अरब राष्ट्रहरु साउदी,कतार, ओमन ,बहराईन ,कुबेत,युएई र मलेसिया जाने अत्याधिक छन्।यसरीनै धेरै नेपालीहरु विदेशिदै गर्दा आज नेपाल देखि विदेश सम्म आईपुगेर रोजगार गर्दा सम्म पनि नेपालीहरु दलाल बाट कुनै न कुनै रुपमा ठगीमा परिरहेका छन्।जसले गर्दा धेरै नेपालीले अन्तराष्ट्रिय श्रम बजारमा पनि आफ्नो कामको उचित मुल्य कहिले पनि लिन सकेका छन्।
नेपाल बाट वैदेशिक रोजगारमा आउने कामदार तथा जागीरे दक्ष अर्धदक्ष र अदक्ष गरि तीन किसीम बाट नेपालीहरु आउने गर्छन त्यसमा पनि अर्धदक्ष र अदक्षको संख्या अधिक छ भने दक्षको सख्या न्युन रहेका छन् यस्तो हुनुमा मूलत राज्यले कस्ता ब्यक्तिलाई विदेश पठाउने बिदेशीदै गर्दा कस्ता किसीमका सीप तालीमको आवश्यकता पर्छ,भन्ने न्युन्तम मापदण्ड सम्म बिदेश जाँदै गर्दा पूरा गर्नु पर्ने केहि शर्त नहुदा आज नेपालीहरु अदक्ष भएर बिदेसीरहेका छन्।नेपालीहरुको यो अवस्थाको बीचमा यसरी स्वदेश भित्र पनि पासपोर्ट बनाउने प्रक्रिया देखि भिषाको प्रक्रिया मिलाउन एजेन्ट,मेनपावर देखि श्रम कार्यालय हुँदै बिदेशमा आईपुगेर काम गर्दा सम्म पनि कम्पनी वा दलालको सञ्जाल भित्रै रहन्छ जसले गर्दा आज कुनै पनि नेपालीले आफ्नो बास्तबिक श्रमको मूल्य कहिले पाउन सकेका छैन्न।
विदेशमा पनि काम गर्ने शिल शिलामा कार्यबिभाजन मार्फत औपचारिक,अनौपचारिक,मिश्रित र अन्य गरि ४ भागमा छुटाईएको छ यसमा पनि नेपालीहरु मिश्रित र अनौपचारिकमै धेरै रहेका छन यश ढङ्गबाट नेपालीहरुलाई काममा लगाउने र कामको मूल्य दोस्रो व्यक्तिले लिने र बास्तबिक कामदारलाई सिमीत मूल्य दिने संरचनात्मक यो प्रवृत्तीले गर्दा कहिले पनि कामदारले आफ्नो वास्तविक मूल्य लिन सकेका छैन किन यो दलालीकरण गर्ने तथा एउटाको कामको श्रम माथी अर्कोले मूल्य लागाउदै यसै भित्र आफ्नो (कमिशन) कामाई राख्ने यो व्यवहार स्पष्ट नै छ यसरी खोलीएका सबै कम्पनीहरु सबै कामदारलाई ठग्ने थलो भएर आएका छन।लामो समय देखि यसरी श्रींखलाबद्ध रुपमा विश्वभरि कामदारलाई ठग्ने नीति नियम सहितको सञ्जाल रहेको छ त्यसैले आज श्रमिक, गरिबको जीवन स्तर कहिले पनि माथी उठन सकेको छैन यसरी वास्तविक काम गर्ने ठाउ सम्म आईपुग्दा कति चोटी बेचिएर आईपुग्ने हो त्यसको कुनै सीमा छैन। नेपालीहरुको वैदेशिक रोजगार यस्तै भैईरहेको छ अन्तत् उनीहरुको हक हितमा काम गर्ने सरकारी तथा गैर सरकारी संग सस्था देखि अन्तराष्ट्रिय क्षेत्रका सबै निकायहरु यस्ता किसीमका सबै घटना परिघटना देख्दा पनि नदेखेको जस्तो भएर कानमा तेल लागाएका छन् किन यसरी दलालहरू स्थापित गरेर उनीहरुको रेट छुटाएर मात्र श्रमिकको मूल्य तोक्ने सबै निकायहरुले कामदारलाई धोका दिएका छन्।त्यसैले नेपालमा मात्र हैन यो बिश्वमै वास्तविक श्रमिकको हक हित गर्ने र संरक्षण गर्ने कुनै निकायनै जन्मेको छैन त्यसैले दलाल गरेर सजिलो बाटो बाट पैसा कमाउनेहरुको बिश्व भरि फैलिदै गएका छन्।
मुलत हामी नेपालीमा रोजगारीमा जाने व्यक्तीमा न्युनतम कामको सीप, सचेतता,क्षमता र योग्यता कम हुने कारणले वैदेशिक रोजगारीका नाममा ठगी हुने गरेको छ यस्ता बिषयमा कसैको पनि चासो पुग्दैन यस्तो अवस्थाको अन्त्यका लागी गाउँगाउँमा सचेतना पुर्याउने र संस्थागत रुपमा मात्र रोजगारीमा जाने अवस्था सिर्जना गरिनुपर्ने हुन्छ । वैदेशिक रोजगार व्यवसायीहरुको भूमिका प्रभावकारी हुने भएपनि उनीहरु नै दलाललाई प्रोत्साहित गरिरहेका पाइन्छन । सरकारले त झारा टार्ने शैलीमा मात्र काम गरिरहेको निकायमा बसेकाहरुका लागि कमाउने मेसोका रुपमा वैदेशिक रोजगारीको अनिमियतता हुने गरेको छ । सिमित व्यक्तिको स्वार्थका लागि बहुसंख्यकको हित गर्ने किसिमका नीती निर्माण हुनै नदिने प्रवृति पनि हावी छ। वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले कडाइ गनुपर्ने एकदमै आवश्यकता एकातिर छ भने अर्कोतिर मुलुकमै रोजगारी सिजैना गर्नु पनि उतिकै जरुरी छ।अन्तत् अब यो वैदेशिक रोगगार भित्रको दलालीकरण गर्ने र सजिलै अरुको श्रमलाई ठगेर आफु बाच्नेहरुको अन्त्य गरियोस र यो गाउदेखी बिदेश सम्मकै यस्ता दलाललाई हटाउन अलिकति भएन प्रयास गरियोस स्पष्ट किसीमको कानुन र त्यसको कार्यान्वन गर्न सके मात्र समधानको बाटोमा पुग्न सक्छ।