जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ विक्री खुला

1182

जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ आइतवारदेखि विक्री खुला गरेको छ । कम्पनीले ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि, १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म रहने छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेकोछ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ  । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ७६ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी  रू. १ अर्ब पुग्नेछ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्नको लागि कम्पनीले भदौ २४ गते अनुमति पाएको थियो । हालसम्ममा कम्पनीले ३९ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा दिंदै आएको छ ।

गत आवको चौथो त्रैमासमा कम्पनीले रू. ५ करोड ६ लाख नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा गत आवमा नाफा ३९ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ६२ लाख नाफा कमाएको थियो ।

Previous articleयस्तो रहेछ कंगोमा नेपाली सैनिक कुटिनुको रहस्य |
Next articleकुलमान प्राधिकरण बाट बाहिरिए पछी प्राधिकरणको सब-स्टेसनमा मुसा छिर्यो काठमाडौं उपत्यकामा लोडसेडिङ |

Leave a Reply