यस्तो रहेछ कंगोमा नेपाली सैनिक कुटिनुको रहस्य |

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएका सैनिकहरू अशान्त भइदिँदा बिरानो मुलुक कंगोमा सैनिक जवानहरू आफ्नै कमान्डरबाट निर्घात कुटिएका छन् ।कंगो मिसनमा खटिएका नेपाली सेनाका जवान सहसेनानीबाट निर्घात कुटिएका हुन् । कुटिएकामध्ये एक सेनाको शरीरमा गम्भीर नीलडाम छ ।ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट निर्घात कुटिएका हुन् । विदेशी भूमिमा आफ्नै सैनिक कुटेर बहादुरी देखाउने ३ सहसेनानी हुन्– इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल । कुटिएका माझीको शरीरमा गहिरो नीलडाम भए पनि कुटिएका अन्य सैनिक

जवानहरूमा भने त्यस्तो नदेखिएको स्रोतले जनाएको छ । सहायक रथी तथा सैनिक प्रवक्ता सन्तोषवल्लब पौड्यालले २०७७ असोज ८ गते बिहीबार राति भएको घटनाबारे जानकारी प्राप्त भएको साँघुसँग बताए ।सैनिक जवानहरूले होहल्ला गरेर मर्यादा नाघ्दा वादविवाद भएको जानकारी भए पनि छानविनपछि मात्र यकिन हुने उनले जानकारी दिए । ‘घटनाबारे जानकारी आएको छ । मर्यादा नाघेर होहल्ला गर्दा वावविवाद भएको भन्ने छ ।

फोटो पनि सार्वजनिक भएको छ । छानबिनपछि मात्र त्यहाँ के भएको के हो भनेर यकिनसाथ भन्न सकिन्छ छ| कंगोमा सैनिक जवान कु’टिएको घटनाबारे राखेको जिज्ञासामा प्रवक्ता पौड्यालले भने ।घटनाबारे प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भोलिपल्ट नै जानकारी गराइएको थियो । यसबारे जानकारी पाएलगत्तै प्रधानसेनापति थापाले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

सैनिक प्रवक्ता पौड्यालका अनुसार, घटनासँग सम्बन्धित व्यक्तिसँग कोर्ट अफ इन्क्वायरी थालिएको छ । कोर्ट अफ इन्क्वायरीले घटनाबारे छानबिन गरेर प्रतिवेदन दिएपछि सत्यतथ्य बाहिर आउने उनले बताए ।छानबिनले दोषी देखाएका व्यक्तिलाई सैनिक ऐन अनुसार कारबाही हुन्छ प्रवक्ता पौडेलले भने । साँघुबाट