२ हजार जित्ने लोभमा ५० अण्डा खाने शर्त, ४२ वटा खाँदै ज्यान गयो हेर्नुस् |

चाहिने भन्दा बढी जे पनि हानिकारक हुन्छ । उखान यसै बनाएको होइन घाटी हेरी हाड निल्नु । शरीरले पचाउन सक्ने क्षमता नहुँदा जिद्दी गरेर केही हुँदैन । उल्टै मृत्युको कारण बन्न सक्छ । यस्तै एउटा घटना घटेको छ भारतको उत्तर प्रदेशमा। उत्तर प्रदेशको जौनपुरमा एक व्यक्तिले हासी–मजाकमै ५० वटा अण्डा खाने बाजी लगाए । त्यही बाजी नै उनको मृत्युको कारण बनेको छ ।उत्तर प्रदेशको बीबीगंज बजारमा ५० वटा अण्डा खाने शर्तमा सुभाष यादवको ज्यान गएको हो । शाहगंजको तवाल क्षेत्रस्थित धौरहरा गाउँका थिए ।

उनी गत शुक्रबार बेलुकी सुभाष आफ्ना एक साथीसँग बीबीगंज पुगेका थिए । जहाँ एक होटेलमा हासी मजाकमै उनीहरुबीच कस्ले कति अण्डा खान सक्छ भन्ने विषयमा कुरा चल्यो तँ भन्दा म के कम ? भन्ने स्थिति आएपछि दुईजनाबीच एक बोतल मदिरा र ५० अण्डा जस्ले खान सक्छ उसले २ हजार रुपैयाँ जित्छ भन्ने बाजी लगाए ।बाजी जित्नका लागि शुभाषले धमाधम अण्डा खान थाले ४१ अन्डा उनले आरामले खाए । तर, ४२ औं अण्डा खानेवित्तिकै उनी बेहोस भएर लडे तत्पश्चात त्यहाँ भएका केही मानिस हरुले उनला’ई तत्काल जिल्ला अस्पताल पुर्याएका थिए । तर अवस्था निकै नाजुक बनिसकेको थियो ।

डाक्टरले उनलाई लखनउको संजय गान्धी स्नातकोत्तर आयुर्विज्ञान संस्थामा रिफर गर्यो । तर उनीलाई त्यहाँ लगिए पनि कुनै फाइदा भएन उपचारको दौरान उनको मृत्यु भयो ।भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुभाषले यही वर्ष नै दोस्रो वि’वाह गरेका थिए । उनको पहिलो पत्नीबाट चार छोरी छन् ।उनले छोरा जन्माउने चाहानाअनुरुप दोस्रो विवाह गरेको बताइन्छ ।उनकी दोस्री श्रीमति पनि गर्भवती भएको बताइएको छ ।यस्तो अवस्थामा पतिको मृत्युको खबर सुनेर श्रीमती लगायत घरका सदस्यहरु विक्षिप्त बनेका छन्।

Continue Reading