काठमाडौं । डिसहोमले सर्वसाधरणका लागि आईपीओ विक्री गर्ने तयारी गरेको छ । कम्पनीले रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको आईपीओ विक्रीको अनुमति माग्दै असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । यस कम्पनीको शेयर प्रतिकित्ता रू. १०० मै किन्न पाउने गरि कम्पनीले निवेदन दिएको बोर्डको भनाइ छ । सोमवारनै निवेदन दर्ता गरेको जानकारी बोर्डले दिएपनि बोर्डको वेबसाइटमा भने राखिएको छैन ।
डिसहोमको आईपीओ विक्री प्रवन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको विसं २०७५ पुस २७ गते सम्पन्न भएको साधारण सभाले आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको थियो । सन् २००९ मा स्थापना भएको डिसहोम विसं २०७४ असार १८ गते पब्लिक कम्पनीको रुपमा रूपान्तरण भई आईपीओ निष्कासनको तयारीमा जुटेको हो ।
कम्पनीको २०७५ पुस २७ गते सम्पन्न भएको साधारण सभाले आईपीओ निष्काशन गर्ने निर्णय पारित गरेको थियो । डिसहोम नेपालमा उच्च डिजिटल प्रविधिको टेलिभिजन च्यानलहरुको प्रशारण गर्ने सबैभन्दा ठूलो कम्पनी हो ।