आईपीएल : चेन्नईको रोमाञ्चक जित

काठमाडौं – ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पछिल्लो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ ।

राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै चेन्नईले दोस्रो स्थानका टोलीसँगको अंकदुरी ४ अंकले फराकिलो पार्दै प्ले अफ नजिक पुगेको छ ।

सातौं खेलमा चेन्नईले छैटौं जित निकाल्दा राजस्थानले भने पाँचौं हार भोगेको छ । राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य उसले अन्तिम बलमा ६ विकेट गुमाएर भेट्टायो । कप्तान महेन्द्र सिंह धोनीले ५८ र आम्बाती रायडुले ५७ रन बनाउँदै टोलीको जितको आधार तयार पारेका थिए । मिचेल सान्टनरले ३ बलमा १० रन बनाउँदै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए ।

वेन स्टोक्सले चेन्नईको २ विकेट हात पारे । यसअघि जयपुरमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रनको मध्यम योगफल तयार पारेको थियो । वेन स्टोक्सले बनाएको २८ रन राजस्थानको ईनिङसको सर्वाधिक स्कोर रहृयो । जस बटलरले २३ र श्रेयस गोपालले अविजित १९ रन बनाए । रविन्द्र जडेजा, दिपक चहार र सारदुल ठाकुरले राजस्थानको दुई दुई विकेट लिए ।

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्सले कोलकत्ता नाईड राईडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।