कांग्रेस ढलेको हो तर मरेको छैन : विश्वप्रकास शर्मा

562

काभ्रे – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले कांग्रेसलाई कमजोर नसोच्न चेतावनी दिएका छन् ।

नेता शर्मा भन्छन्, ‘कांग्रेस ढलेको हो तर मरेको छैन । कमजोर नसोच्नुस् । मुलकुको समृद्धि र विकासमा सरकारसँग हातेमालो र सहयोग गर्न कांग्रेस तयार छ तर अधिनायकवाद सहँदैन ।’

काभ्रेमा भएको पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र शान्ति कांग्रेसले नै ल्याउने पनि दावी गरे । कम्युनिस्ट प्रधानमन्त्रीहरुले संविधान ल्याउन नसकेको तर सुशील कोइराला नै आवस्यक परेको स्मरण गराउँदै उनले कांग्रेसलाई नहोच्याउन पनि चेतावनी दिएका थिए ।

Leave a Reply