कम्युनिस्टले कम्युनिस्टलाई प्रतिबन्ध लगाउनु बिश्व कम्युनिस्टमा नै पहिलो घट्न, सि.पी “भिडियो सहित”

908

काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतन्त्रिक मोर्च नेपालको प्रथम एतिहासिक सम्मेलनमा पार्टीको नेता तथा देशभक्त जनगणतन्त्रिक मोर्च नेपालको अध्यक्ष सिपी गजुरेलले उक्त कुरा गरेका हुन् ।

समारोहमा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाको अध्यक्ष तथा पार्टीको केन्द्रिय नेता सिपि गजुरेलले इतिहासमै नभएको भ्रष्टचार मौलाउने  कम्युनिस्ट सरकार अहिलेको ओली सरकार रहेको जिकिर गरे । निर्मल पन्तको हत्यारालाई सुरक्षा दिने यो सरकार र एउटा कम्युनिस्ट सरकारले अर्को कम्युनिस्टलाई प्रतिबन्ध लगाउनु भनेको बिश्व कम्युनिस्टमा यो नै पहिलो रहेको पनि  बताए ।

हरेक राज्य व्यबस्थालाई र सरकार संचालन गतिबिधिलाई हेर्दा ओली सरकार रास्ट्रघाती सरकार रहेको र घुमाउरो पाराले जनतालाई झुक्काई सरकार आफै भ्रष्टाचारीमा लागेको समेत आरोप लगाए, अहिलेको विकल्प भनेको यो सरकार रहेको व्यबस्थालाई परिबर्तन गरि नयाँ जनगणतान्त्रिक संबिधान र व्यवस्थालाई परिबर्तन गर्नु मुख्य रहेको बताए ।

सम्मेलनलाई  सम्बोधन गर्दै, अबको लडाई संघिय गणतन्त्रको भएकोले शक्ति र संगठनिक रुपले आफुहरु सडक आन्दोलनमा उत्रिने र ओली सरकारको बिरुद्द लाग्ने बताउदै देशको अवस्था अन्तरिक र बाह्य तरिकाबाट निकै भयभह रहित संकटमा रहेको समेत बताए ।

नेता सिपी गजुरेलको दामदार भाषाण सून्नुहोस “एकचोटी ” ।।

Leave a Reply