गायिका सरस्वती लामा अब चलचित्र क्षेत्रमा

654

काठमाण्डौँ– चलचित्र ‘द डार्क एण्ड लाइट’ को शुक्रवार शुभमुहुर्त सम्पन्न भएको छ । खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्र पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा चलचित्रको क्यामरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ ।

चलचित्रमा राजु अर्याललाई मुख्य निर्देशकको रुपमा रहने छन भने पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले पनि निर्देशनमा सहयोग गर्नेछन् । त्यसक्रममा चलचित्रका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा तथा निर्देशक राजु अर्यालले क्यामराको पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर शुभुमुहर्त भएको घोषणा गरेका थिए ।

मुहुर्त समारोहमा गीतकार राजेन्द्र थापाले चलचित्रका लागि शुभकामना दिंर्दै आफूले चलचित्रका लागि जनजिब्रोमा झुण्डिने शैलीको गीत तयार पारेको बताए । चलचित्रका मुख्य निर्देशक राजु अर्यालले चलचित्रको विषयवस्तुका बारेमा प्रकाश पार्दै हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्न लागिएको बताए ।

वृद्धाश्रममा आश्रित वृद्ध–वद्धाहरुलाई खाना खुवाउने उदेश्यले गरिएको शुभमुहुर्त समारोहमा चलचित्रकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले चलचित्रको प्रोमोशनल गीत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत निर्देशन छ ।

चलचित्रका प्रस्तुतकर्ता, निर्देशक तथा अभिनेता पिटर खालिङले यो चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान हुने धारणा व्यक्त गरे । गायिकाको रुपमा स्थापित भैसकेकी सरस्वती लामाले यही चलचित्रमार्फत पाश्र्व गायनका साथै अभिनय र निर्देर्शनको क्षेत्रमा समेत सक्रिय हुन लागेको बताइन् ।

एक महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको यो चलचित्र दसैंअघि नै दर्शकमाझ आउने जानकारी गराइएको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।

चलचित्रमा पिटर खालिङ र सरस्वती लामासहित सेसुका राई, सुमन मगर, प्रिन्सा राई आदि कलाकारहरुले मुख्य भूमिका निर्वाह गर्दैछन् । आज शुक्रवारदेखि नै फ्लोरमा गएको यो चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन रहने छ भने सविन भट्टराईले यो चलचित्र छायांकन गर्नेछन् । चलचित्रका अन्य गीतमा प्रताप दास तथा मेलिना राईको समेत पाश्र्व गायन रहने बताइएको छ ।

Leave a Reply