नेपाल सृजनशिल सहयोगी संस्थाको दोस्रो वार्षिक साधारण सभा हुदै

620

काठमाडौं – नेपाल सृजनशिल सहयोगी संस्था (एनसीएचएफ) को दोस्रो वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम यहि चैत ३० गते शनिबार हुने भएको छ ।

उक्त कार्यक्रममा माननीय नविना लामाको प्रमुख अथितीमा काठमाडौंको डल्लु स्थित सामाजिक स्वास्थ सेवा परिषदको हलमा हुने भएको छ।

कार्यक्रम बिहान १० बजे बाट सुरु हुने र समाजमा योगदान गर्नु हुने विभिन्न विधाका व्यक्ति तथा संघ–सस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष प्रकाश तामाङले जानकारी दिएका छन् ।

विगत २ वर्ष अगाडि स्वास्थ,शिक्षा, महिला सशक्तिकरण तथा सामाजिक विकास गर्ने उदेश्यका साथ स्थापना भएको नेपाल सृजनशिल सहयोगी संस्थाले स्थापनाकाल देखि नै समाजप्रती उल्लेखनीय योगदान गर्दै आएको र उक्त कार्यक्रममा सम्पुर्ण संस्थामा आबद्द सल्लाहकार ,सदस्य, शुभचिन्तक अनि समाजप्रेमी व्यक्तिहरुलाई उपस्थितिको लागि पनि जानकारी गराएका हुन् ।

Leave a Reply