नेपालको शान्ति–सम्झौतामा नोबेल पुरस्कार दिनुपर्छ- प्रचण्ड

598

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन माओवादी र नेपाल सरकारबीच शान्ति–सम्झौता भएको घटनामा नोबेल शान्ति पुरस्कार दिइनुपर्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले शान्ति–सम्झौतामार्फत् सेना समायोजन र हतियार व्यवस्थापन गरिएकाले संक्रमणकालीन न्यायलाई पनि चाँडै नै टुंगो लगाइने बताए ।

‘जनतालाई न कुनै पार्टी न त कुनै पार्टीको एजेन्डासँग सरोकार छ’ भन्दै अध्यक्ष दाहालले ‘उनीहरुले देशमा सरकारात्मक परिवर्तन चाहेका छन्’– भने ।

कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि नयाँ ‘मोडल’ आवश्यक रहेको भन्दै सरकारले आर्थिक विकासमामात्र नभइ आर्थिक र समाजिक दुवैको क्षेत्रको विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे ।

Leave a Reply