आँधी पिडितलाई मलम लगाउदै एक्सपर्ट एजुकेसन

571

आईतबार राती तराईका बारा र पर्साआँधीबेरी पिडितलाई मलम बन्दै एक्सपर्ट एजुकेसन आएको भिषण हावाहुरीका कारण घरबार बिहिन भएकाहरुका लागि एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज चितवनले सोमबार राहत हस्तान्तरण गरेको छ । संस्थाका निर्देशक डिल्लिराम अधिकारिको नेत्रित्वमा गएको टोलीले बिभिन्न राहत सामाग्रीहरु बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा १०० थान त्रिपाल, १०० थान म्याट र १०० थान झुल लगाएतका रहेका छन् । राहत सामग्रीहरु ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले दुःख को घडीमा मानविय सेवा गरेकोमा एक्सपर्ट एजुकेसनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

संस्थाका निर्देशक डिल्लीराम अधिकारीले निरन्तर मानविय सेवामा लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै सो घटनाका पिडित घाईतेहरुका लागि मंगलबार एक्सपर्ट प्राङ्गण नारायणगढमा बृहत रक्तदान कार्यक्रम आयोजना गरएकाले उपस्थित भईदिन उहाँले सम्पुर्णमा आग्रह गर्नुभएको छ ।

Leave a Reply