मिस नेपाल प्रतियोगिताका लागि २६ प्रतिस्पर्धी छनोट गर्दै प्रशिक्षण सुरु

काठमाडौं – हिडन ट्रेजरले आगामी मिस नेपाल प्रतियोगिताका लागि २६ प्रतिस्पर्धी छनोट गरेर प्रशिक्षण सुरु गरेको छ ।

हिडन ट्रेजरले क्षेत्रीय अडिसनमार्फत् ८ शहरबाट यी प्रतिस्पर्धी छनोट गरेको हो । चितवन, बिराटनगर, बिर्तामोड, भद्रपुर र दमौली प्रत्येकबाट एक प्रतिस्पर्धी छनोट गरेको छ भने पोखरा, भैरहवा, ललिलपुरबाट दुई प्रतिस्पर्धी, साथै काठमाडौंबाट १२ प्रतिस्पर्धी छनोट गरेको छ ।

देशबाहिरका तीन नेपाली पनि २६ प्रतिस्पर्धीभित्र परेका छन् जसमध्ये एकजना अष्ट्रेलियाकी हुन् भने अमेरिकाबाट दुई प्रतिस्पर्धी छन् ।

एक हप्ते लामो प्रशिक्षण कार्यक्रममा प्रतियोगीलाई मुख्य कोरियोग्राफर रचना गुरुङ शर्मालगायत इशानी श्रेष्ठ (मिस नेपाल २०१३)ले ‘ग्रुमिङ’ का टिप्स दिए । फोटोग्राफर राजभाइ सुवालले क्यामरामा पोज दिन सिकाउनुका साथै श्रद्धा मास्केले मेकअप र राजेश घिमिरेले ‘हेयर डु’ सम्बन्धि तालिम दिए ।