क्याप्टेन लामाले भने– ‘बिकाश गर्न अङ्ग्रेजी बोल्नु पर्दैन, स्वच्छ सोच र निस्वार्थ कामहरु सहि योजनाका साथ गरे पुग्छ !’

काठमाडौ| सरकारले विदेशी लगानी भित्र्याउन आयोजित लगानी सम्मेलनमा मन्त्रीहरुले जानीनजानी अंग्रेजी बोल्दा सामाजिक संजालमा निकै आलोचना बढेको छ । कन्दै कन्दै भएपनि अंग्रेजी बोलेपछि ठुलो मान्छे भइन्छ भन्ने मनोरोगले ग्रस्त नेताहरुको कच्चोपनले धेरै नेपालीहरुलाई दिक्दार बनाएको छ ।

चैत १५ र १६ गरी दुई दिनसम्म चलेको सम्मेलनमा उद्योग मन्त्री मातृका यादवको अंग्रेजी लिखित भाषण सामाजिक संजालमा निकै मजाकको बिषय बनेको छ । अंग्रेजीको भद्दा र अपरिपक्व उचारणका कारण देशको बेज्जत गरेको भन्दै व्यंग्यात्मक आलोचना भैरहेको छ ।

यादवले बोल्ने क्रममा ‘इन पास्ट यु गो इधर एन्ड इधर फर वन जब, बट नाउ यु मस्ट नट गो इधर एन्ड इधर’ भन्ने अर्थरहित वाक्य अधिकांस नेपालीका लागि व्यंग्य बनेको छ ।

मन्त्रि यादवले बोल्ने क्रममा गल्तीमात्र गरेका छैनन्, बोल्ने शब्द नपाएर अकमकिएका पनि छन् । उनले कार्यक्रममा बोलिरहँदा सहभागीहरु पटकपटक हाँसेको देखिन्थ्यो।

संसारमा अंग्रेजी भाषामा खुबी भएका व्यक्तिहरु पनि आफ्नो मातृभाषामा प्रबचन दिने गर्छन, जसले एउटा आत्मसम्मान पनि दिन्छ । सहजीकरणका लागि बिकशित टेख्नोलोजिले भाषा बुझाउन अर्थ उल्था गरिदिंदा अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा बोल्नु पर्दैन ।

यसै बिषयमा नेपाली पाइलट क्याप्टेन विजय लामाले पनि आफ्नो सामाजिक संजालमा मन्त्रिहरुको उक्त ब्यबहार प्रति दिक्क लागेको प्रतिक्रिया दिएका छन् । मन्त्रिहरुले जानीनजानी अंग्रेजी बोल्न आए राम्रो र शिक्षित देखिन्छ भन्ने सोंच गलत भएको पनि बताएका छन् ।

देश बिकाश गर्न अंग्रेजी बोल्न नपर्ने टिप्पणी दिंदै क्याप्टेन लामाले भनेका छन्, ‘अङ्रेजी बोल्न पर्दैन देश बिकाश गर्न अनि आफ्नो ओहोदा बल्लियो बनाउनको लागि। स्वच्छ सोच र निस्वार्थ कामहरु सहि योजनाका साथ गरे पुग्छ !’

क्याप्टेन लामाले मन्त्रीको अंग्रेजी भाषण सुनेर दिक्क लागेको बताउदै प्रश्न गरेका छन्, ‘हाम्रो नेपाली भासा राम्रो छैन र नेता ज्युहरु ? किन यसरी हेर्न पनि सुन्न पनि गार्हो हुने गरेर अङ्ग्रेजीमा नै टुटेको फुटेको टुक्रे भासण दिएका होलान !’

हेर्नुहोस उनको भनाइ जस्ताको त्यस्तैः
अङ्रेजी बोल्न आए राम्रो र सिक्षित देखिन्छ भन्ने गलत भान (सोच) यी नेताहरुलाइ रहेछ केही ब्यक्तिहरुलाइ जस्तै !!!
अङ्रेजी बोल्न पर्दैन देश बिकाश गर्न अनि आफ्नो ओहोदा बल्लियो बनाउनको लागि। स्वच्छ सोच र निस्वार्थ कामहरु सहि योजनाका साथ गरे पुग्छ!!
दिक्कै लाग्यो यो हेरेर। कसैले गएर भन्दिए के बिग्रन्थ्यो होला र रु हाम्रो नेपाली भासा राम्रो छैन र नेताज्यु हरु ? किन यसरी हेर्न पनि सुन्न पनि गार्हो हुने गरेर अङ्ग्रेजी मा नै टुटेको फुटेको टुक्रे भासण दिएका होलान !
आफ्नो इज्जत आफै सङ है साथीहरु !

यस्तो छ भिडियोः

https://www.facebook.com/kb.gurung.106/videos/2590332224316120/

  • online khabar