मध्यरात बालाजुमा बसमा आगजनी

657

काठमाडौं – राजधानीको बालाजुमा एक बसमा आगजनी भएको छ । बालाजु चोक नजिकै रोकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको हो ।

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बसमा आगजनीको खरबसँगै दमकल र प्रहरी आगो निभाउन पुगेपनि त्यतिबेलासम्म बस पूर्णरुपमा क्षतिग्रस्त बनिसकेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

Previous articleराहत बाँड्न आँधीपीडित क्षेत्रमा प्रचण्ड जाँदै
Next articleआँधी पिडितलाई सांसद त्रिपाठीले दुई महिनाको तलब दिने

Leave a Reply