आषिश तामाङ,
काठमाडौं – विश्व वालवालिका पुस्कार दिवसमा सहभागीताको लागी माईती नेपालद्धारा संचालित ट्रेसा एकेडेमीका विधार्थीले ¥याली निकालेका छन् ।
वल्र्ड चिल्ड्रेन प्राइजको भोटको लागी माईती नेपालको आयोजनमा भएको एक कार्यक्रम सँगै विधार्थीले ¥याली निकालेका हुन ।
१८ बर्ष मुनीका बालबालिकालाई लक्षित गरी हरेक बर्ष स्विडेनमा हुँदै आएको उक्त पुरस्कार कार्यक्रममा सहभागी हुन माईती नेपालका विधार्थीहरुले सो कार्यक्रम गरेका हुन ।
माइती नेपालद्धारा संचालित टे«सा एकेडेमीका विधार्थीहरुले ¥याली निकाली विश्व वालवालिका पुरस्कारको लागी सहयोग गर्न अपील गरेका थिए । विश्व परिवेशमा करोडौं वालवालिका शिक्षा र स्वास्थ्य को पँहुचबाट बाहिर छन् भने कैयौं वालवालिका समान अधिकारबाट बञ्चीत भएको परिप्रेक्षमा यस ग्लोवल प्राईजले वालवालिकालाई आत्मविश्वास साथै समतामुलक समाज निमार्ण गर्न अग्रसर हुन सक्ने विश्वास स्वरुप यस्ता कार्यक्रम गर्दै आएको छ ।
नेपाल,स्विडेन, वेनीन ,फीलीपिन्स ,घाना, पाकिस्तान लगाएतका देशमा विभिन्न शोषण र दुर्व्यवहार अहिले सम्म कायमै छ । यस्ता शोषणका विरुद्ध र समानताका लागी वालवालिकालाई आव्हान गर्दै उनिहरुको आत्म विश्वसलाई समेत प्रगाढ बनाउर्दै समतामुलक समाजको निमार्णको लागी समेत भुमिका खेल्ने विश्वास स्वरुप हरेक बर्ष कार्यक्रम गर्दै आएको छ ।
१६ लक्षलाई आत्मसाथ गर्दै अगाडी बढेको संस्थाले असमान र विभेदलाई निर्मुल पार्न यस्ता कार्यक्रमलाई प्राथमिता दिएको छ । जसअनुुसार गरिबीलाई अत्य गर्दै हरेक वालवालिकाको समान अधिकार प्रदान गर्ने,वालवालिमा शारिरिक शोषणको अन्त्य ,लैङगीक विभेद अन्तय गर्ने,न्याय र शान्तीको स्थापना गर्दै विश्वलाई समतामुलक र समुन्नत विश्व वनाउने,आर्थिक विकासमा टेवा पु¥याउन लगाएतका लक्ष लिएर अगाडी बढेको छ ।
विश्व वालवालिका पुरस्कार सबै भन्दा ठुलो शिक्षा कार्यक्रम भएकोले वालवालिकालाई सकरात्मक सोचमा बदल्न,विश्व समुदायलाई एकत्रित गर्ने र समाजमा भएका लैङ्गीक असमानता र शोषाणका विरुद्ध समेत काम गर्न अभिप्रेरित गर्ने समेत यसको लक्ष रहेको छ ।
उक्त पुस्कार प्रतिस्पर्धामा माईती नेपालका तर्फबाट समेत विधार्थीले सहभागिता जनाउने छन् ।