हावाहुरी प्रभावित क्षेत्रका लागि केन्द्र सरकारले पठायो ४६८ त्रिपाल

608

काठमाडौं– केन्द्र सरकारले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका प्रभावितका लागि भनेर ४ सय ६८ ओटा त्रिपाल पठाएको छ ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार सशस्त्र प्रहरी बलको ट्रकमार्फत प्रभावित परिवारका लागि ४ सय ६८ वटा त्रिपाल पठाइएको हो ।

शाखाका प्रमुख उपसचिव वेद निधि खनालले हावाहुरीका कारण करिब ४ सय घर परिवार प्रभावित भएको तथ्यांक प्राप्त भएकाले सोहीअनुसार त्रिपाल पठाइएको बताए ।

बारा जिल्ला प्रशासनमा १ सय ५० ओटा त्रिपाल मौज्दात रहेको आधारमा केन्द्रबाट ४ सय ६८ ओटा मात्रै पठाइएको उपसचिव खनालको भनाइ छ ।

Previous article२०७६ सालमा कुन–कुन दिन बैंक बन्द हुन्छ ? (सूची)
Next articleहावाहुरीका कारण घाइते र कुरुवाका लागि अस्पतालमा निःशुल्क खाना

Leave a Reply