- लनम तामाङ
मलेसिया – मेलेसियाका लागी नेपाली नवनियुक्ती राजदुत उदयराज पाण्डेलाई स्वागत एव्म सम्मान गरिएको छ ।
मलेसियामा रहेका विभिन्न समाजिक संघसंस्थाले आईतवार मलेसियाको राजधानी क्वालालम्पुरमा एक कार्यक्रम गरी नवनियुक्ती राजदुत पाण्डेलाई स्वागत तथा सम्मान गरेका हुन ।
नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाका प्रवक्ता ईश्वर राईले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व नेपाली ब्यवसायी समाज मलेसिया अध्यक्ष ईन्द्र राज लिम्बूले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथीमा नवनियुक्त राजदुत उदयराज पाण्डे र विशेष अतिथिमा एनआरएन मलेसियाका केन्द्रिय वरिष्ठ-उपाध्यक्ष टेक बहादुर धिक्त रहेका थिए । सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष समीर मल्लले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका अध्यक्ष सुनाखरी मगर, नेपाल् कम्युनिस्ट पार्टी (नेकपा) समन्वय समिती मलेसियाका सदस्य प्रेम पाण्डे, नेपाली ब्यवसायी बिपिन राई, नेपाल् कम्युनिस्ट पार्टी विप्लव निकट मलेसिया मोर्चाका अध्यक्ष विजय लामा, नेपाली प्रवासी सितोरिया कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला गायतको लगाएतले आफ्ना धारणा राखेका थिए । उनिहरुले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको हकहितको निम्ति काम गर्न राजदूत उदयराज पाण्डेको ध्यानाकर्षण गराउदै दुखेसो समेत पोखेका थिए । उनिहरुले आउदो दिनमा कुनैपनी दलालीकरणमा लागेका,समाजिक संस्थाको खोल ओढेर श्रमिक ठग्ने जो कोहिलाई पनि दूतावासले आवश्यक कारबाहीको निम्ति यथासिघ्र कदम चाल्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
समाजिक अगुवा र राजनीतिक पार्टीको अगुवा पत्रकारहरु लगाएतको गुनासो,जिज्ञासा् र,प्रश्नलाई सम्बोधन गर्दै राजुदुत पाण्डेले
विभिन्न संगठन र संघसंस्थाको नाममा साथै नेताको पगरी गुथेर कुनैपनी खराब काम नगर्न,श्रमिकलाई ठग्ने काम पुर्णरुपमा तत्काल बन्द गर्न चेत्तावनी दिए । उनले मलेसियामा कार्यरत सम्पुर्ण नेपालीहरुले हातेमालो गर्दै दूतावास संग सहकार्य गर्न आह्वान समेत गरे ।
उनले भने ‘कुनै किसिमका ठगी दलाली गर्ने र जघन्य किसिमका काम गरे दूतावासले कडा कारवाही गर्छ। त्यसो कारवाहीमा परिदा कुनै संस्थालाई कारवाही गर्यो भनी नबुझेर खराब काम गर्ने व्यक्तीमाथी कारवाही गरेका हौं भन्ने बुझ्न सबैलाई आग्रह गर्छु’।
राजदुल पाण्डेका अनुसार दूतावासका कुनै कर्मचारीले अभद्र व्यवहार र असहयोग गर्ने काम गरे तत्काल दूतावास प्रमुखलाई जानकारी गराउन आग्रह गरे । त्यस्ता कर्मचारीलाई समेत आवश्यक कारवाहीको निम्ति कदम चाल्ने र दूतावासबाट निकालिने उनको भनाई थियो ।
उनले नेपाल ‘सरकारले निर्णय गरिसकेको नयाँ नियम अनुसार कुनैपनि मागपत्र, डिमाण्ड अब दूतावासले स्वीकृति नदिईन्जेल सम्म कामदार मलेसिया ल्याउन नपाइने बताए, । राजदुत पाण्डेले भने ‘‘अब कुनैपनि कम्पनीले कामदारलाई दुःख दिने काम गरिरहेको छ भने त्यस्ता काम बन्द गर्नुस किनभने आउदो दिनमा जब सम्म दूतावासले एटेच गर्दैन कुनैपनी कामदार ल्याउन पाईदैन’’ ।
नेपाली ब्यवसायी समाज लगायत ९ ओटा समाजिक संघसंस्थाहरु अयोजक रहेको यश कार्यक्रम मा नेपाल् आदिवासी जनजाती महासंघ ,नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज), सुदुर पश्चिमेली नेपाली समाज , नेपाली प्रवासी सितोरियो कराते संघ , भोजपुर सेवा समाज , दोलखा समाज , खोटाङ सेवा समाज , खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरु संगको संयुक्त सहकार्यमा अयोजना गरेको कार्यक्रममा काभ्रे कल्याणकारी समाज मलेसिया लगाएत निमान्त्रित ४५ संघ संस्था बाट समेत उपस्थिति रहेको थियो
सोही कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुले नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए भने कलाकारहरुलाई आयोजकले कदरपत्र सहित सम्मान गरेको थियो ।